टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै « Khabarhub

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।  चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ ।

अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ ।

यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ  कास्यका साथ आठौँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु पाँचै जना टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : ५५ बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक