भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका १० रोचक तथ्य « Khabarhub

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका १० रोचक तथ्य


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका चर्चितमध्येका एक नेता हुन् । उनी हिन्दु राष्ट्रवादी छवि बनाएका नेताका रुपमा समेत चर्चित छन् ।

पछिल्ला केही समययताका सबैभन्दा शक्तिशाली भारतीय नेताका रुपमा उदाएका उनी बेलाबेला विवादमा समेत तानिने गरेका छन् । उनका केही यस्ता तथ्य छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. उनी शाकाहारी हुन्

नरेन्द्र मोदी शुद्ध शाकाहारी हुन् । उनको खानपान शैली पनि निकै नै कठोर छ । उनले दैनिक गुजराती शैलीको खिचडी खाने गर्छन् । त्यस्तै उनी रहेक दिन दही खाने गर्छन् । उनी आफ्नो स्वास्थ्यको निकै ख्याल गरेर योगा, प्राणायाम गर्ने गर्छन् भने नियमित ब्रत बस्ने गरेका छन् । उनी उमालेको पनिमात्रै पिउँछन् भने धूमपान र मद्यपान गर्दैनन् ।

२. बच्चैमा विवाह गरे

नरेन्द्र मोदीले बच्चैमा विवाह गरेका हुन् । सन् १९५० मा जन्मेका उनले १८ वर्षको उमेरमा जसोदावेनसँग विवाह गरेका थिए । यद्यपि विवाह भएको केही समयपछि उनी श्रिमतीसँग छुट्टिए । जसोदावेन शिक्षिकाका रुपमा मोदीको गृहराज्य गुजरातमै कार्यरत थिइन् । उनी आफू राम्रो नदेखिने भएकाले फोटो खिचाउन मन नपराउने बताइन्छ ।

३. सैनिक बन्ने चाहना

बच्चा बेलामा उनी भारतीय सेनामा काम गर्न चाहन्थे । सोही कारण उनी नजिकै जामनगरमा रहेको सैनिक विद्यालयमा भर्ना समेत हुन चाहेका थिए । तर, सैनिक विद्यालयमा भर्ना भएपछि शुल्क तिर्नका लागि घरमा पैसा नभएपछि उनी सैनिक विद्यालयमा भर्ना हुन पाएका थिएनन् ।

४. सन्यासी

विवाहपछि मोदी सन्यासीका रुपमा देश घुम्न घरबाट निस्केका थिए । सन्यासीका रुपमा उनले भारतका विभिन्न क्षेत्रको भ्रमण गरेको र भारीय सँस्कृतिसँग परिचित बनेका थिए । केही समय उनी हिमालय क्षेत्रको समेत भ्रमण गरेका थिए । सन्यासीका रुपमा उनले निकै लामो समय हिन्दू मठमन्दिरमा साधूहरुसँग बिताएका थिए ।

५. चायबाला

सायद यो किस्सा धेरैले सुनेका होलान् बच्चामा मोदी चायबालाका रुपमा चिया बेच्ने काम गर्थे । खासमा वादनगर रेल्वे स्टेशनमा मोदीका बाबुले चिया पसल खोलेका थिए । सोही समयमा मोदीले रेलका प्यासेन्जरलाई चिया बेच्ने काम गर्थे । बेला बेला आफ्नो भाषणमा उनले आफूले चिया बेचेको कुरा सगर्व बताउने गरेका छन् ।

६. अमेरिकी शिक्षा

सबैलाई थाहा नहुन सक्छ, मोदीले अमेरिकामा शिक्षा लिएका थिए । उनले सन् १९९० को दशकमा भारतीय जनता पार्टी भाजपाको राष्ट्रिय प्रवक्ता हुँदा अमेरिका गई तीन महिना अध्ययन गरेका थिए । उनको अध्ययन सार्वजनिक सम्बन्ध तथा छवि व्यवस्थापनमा केन्द्रित थियो । सोही अध्ययनबाट उनले आफ्नो छविमा व्यापक परिवर्तन ल्याएका थिए ।

७. सुताई

उनी निकै कम सुत्छन् । उनी सामान्यतः दैनिक ५ — साढे ५ घण्टामात्र सुत्ने गरेका छन् । उनी १२ वा साढे १२ बजे सुत्ने र सबेरै साढे ५ बजे उठ्ने गरेका छन् । उठिसकेपछि प्राणायाम तथा योगा उनको नित्य कर्म हो । स्वस्थ जीवनशैलीका कारण कम सुताइ हुँदा पनि उनी बिमारी भने हुँदैनन् ।

८. विदा नलिने

मोदीले १३ वर्ष गुजरातको मुख्यमन्त्रीको कार्यकाल सम्हाल्दा एक दिन पनि विदा लिएका थिएनन् । उनी निकै कठिन परिश्रम गर्ने नेताका रुपमा लिइन्छ । हिन्दुवादी भएकाले उनी कार्यलाई नै पूजा मान्ने गरेका छन् । उनले आफ्ना मातहतका कर्मचारीलाई पनि यस्तै परिश्रमी हुन प्रेरण दिने गरेका छन् ।

९. स्वतन्त्रतापछि जन्मेका पहिलो प्रधानमन्त्री

मोदीको जन्म सन् १९५० मा भएको हो । यसअनुसार उनी भारतले सन् १९४७ मा बेलायतबाट स्वतन्त्रता पाएपछि जन्मेका पहिलो भारतीय प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मनमोहन सिंहको जन्म १९३२ मा भएको थियो । मनमोहन सिंहभन्दा अघिका प्रधानमन्त्री अटलविहारी वाजपेयीको जन्म सन् १९२४ मा भएको थियो ।

१०. गुजराती र हिन्दी भाषामा निपूर्ण

नरेन्द्र मोदी आफ्नो मातृभाषा गुजराती र हिन्दीमा निकै निपुर्ण छन् । उनले गुजराती र हिन्दी भाषामा केही कविता र साहित्य समेत लेखेका छन् । उनी अङ्ग्रेजी भाषामा आफ्नो त्यति राम्रो दखल नभएको स्वीकार गर्छन् । तर पनि भाषणकला राम्रो भएका उनलाई आफ्नो विचार प्रवाह गर्न भने कुनै समस्य पर्दैन ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : ३८ बजे

स्वदेशमै दुःख गर्नसके बिदेसिनु पर्दैन

काठमाडौं– सुनसरी, रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा

भैरहवा विमानस्थल नखुलेपछि रविलाई चितवनतर्फ लगियो (तस्बिरहरू)

काठमाडौं- मौसममा खराबी हुँदा रुपन्देहीस्थित भैरहवा विमानस्थल मौसम नखुलेपछि राष्ट्रिय

शेख हसीनाको सत्ता ढालेका उस्मान हादी : जसको हत्याले बंगलादेशभर निम्तियो हिंसा र विध्वंश

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता शरीफ उस्मान हादीको मृत्युपछि

नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज– चिसो बढ्न थालेपछि स्थानीय तहले नेपालगञ्जका सार्वजनिक स्थानमा आगो ताप्ने

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५