बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा | Khabarhub Khabarhub

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछा पालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्था बीच माछा कृषकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले सम्झौता गरेका छन् ।

यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछा पालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेडले माछा पालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरू सहज रुपमा उपलब्ध गराउनेछ ।

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछा पालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । मेगा बैंकले आगामी ५ बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकिङ्ग पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताए । बैंकले आम नागरिकहरुलाई स्थापनाकाल देखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछा पालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

यसैगरी, ए एण्ड डी आक्वा बिजनेसका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरि आचार्यले मेगा बैंकसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित भएको बताए ।

यसैगरी, आज मात्रै बैंकले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जीतपुरमा नयाँ शाखा विस्तार गरी सो शाखाबाट बैंकिङ्ग कारोबारको शुभारम्भ समेत गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ४ : ३१ बजे

फुट्यो एकीकृत समाजवादी, झलनाथ-घनश्यामको छुट्टै भेला (तस्बिरहरू)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

ग्योङ्जु – एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति

बरहथवा– बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

चितवन– घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ ।