जन्मदिनको छेकोमा बोल्ड काइली | Khabarhub Khabarhub

जन्मदिनको छेकोमा बोल्ड काइली


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– अमेरिकी मोडल तथा व्यापारी महिला काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो बोल्ड र विकिनी लुकवाला तस्वीरलाई शेयर गरिरहन्छिन् ।

उनले हालैमात्र आफ्नो इन्स्टाग्राममा शीरदेखि पाउसम्म सुनौलो रंगले पोतिएको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनी टपलेस देखिएकी छन् । उनले सुनौलो रंगको विकिनी लगाएकी छन्, जहाँ माथिबाट सुनौलो रंगले पोतिएको छ ।

काइली अगष्ट १० मा आफ्नो ३४ औं जन्मदिन मनाउदैछिन् । उनले आफ्नो जन्मदिनको मौका पारेर ब्यूटी ब्राण्डका लागि २४ हजार गोल्ड थिमवाला संग्रह सार्वजनिक गर्दैछिन् ।

‘मेरो जन्मदिन नजिकिँदैछ । जसकारण जन्मदिनलाई उल्लासमय बनाउन २४ हजार सुनको थिम अगष्ट १० मा सार्वजनिक गर्दैछौं । म यो कलेक्सनलाई आफ्नो स्टोरीमा शेयर गर्नका लागि अब बढी प्रतिक्षा गर्न सक्दिनँ’, उनले लेखेकी छन् ।

काइलीको जन्मदिनमा उनका फ्यानका लागि विशेष हुने गर्दछ । यही कारण पनि फ्यानका लागि यो वर्षको जन्मदिनमा विशेष प्रतिक्षाको विषय बनेको छ ।

काइली आम मानिसलाई आफूतिर आकर्षित गर्न कुनै कसर बाँकी राख्दिनन् । उनको एक छोरी छन् । केही समय अघिसम्म काइली र्यापर ट्रेविस स्कटसँग सम्बन्धमा थिइन् । भलै उनीहरु अहिले अलग्गिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ४५ बजे

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी