जन्मदिनको छेकोमा बोल्ड काइली « Khabarhub

जन्मदिनको छेकोमा बोल्ड काइली


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– अमेरिकी मोडल तथा व्यापारी महिला काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो बोल्ड र विकिनी लुकवाला तस्वीरलाई शेयर गरिरहन्छिन् ।

उनले हालैमात्र आफ्नो इन्स्टाग्राममा शीरदेखि पाउसम्म सुनौलो रंगले पोतिएको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनी टपलेस देखिएकी छन् । उनले सुनौलो रंगको विकिनी लगाएकी छन्, जहाँ माथिबाट सुनौलो रंगले पोतिएको छ ।

काइली अगष्ट १० मा आफ्नो ३४ औं जन्मदिन मनाउदैछिन् । उनले आफ्नो जन्मदिनको मौका पारेर ब्यूटी ब्राण्डका लागि २४ हजार गोल्ड थिमवाला संग्रह सार्वजनिक गर्दैछिन् ।

‘मेरो जन्मदिन नजिकिँदैछ । जसकारण जन्मदिनलाई उल्लासमय बनाउन २४ हजार सुनको थिम अगष्ट १० मा सार्वजनिक गर्दैछौं । म यो कलेक्सनलाई आफ्नो स्टोरीमा शेयर गर्नका लागि अब बढी प्रतिक्षा गर्न सक्दिनँ’, उनले लेखेकी छन् ।

काइलीको जन्मदिनमा उनका फ्यानका लागि विशेष हुने गर्दछ । यही कारण पनि फ्यानका लागि यो वर्षको जन्मदिनमा विशेष प्रतिक्षाको विषय बनेको छ ।

काइली आम मानिसलाई आफूतिर आकर्षित गर्न कुनै कसर बाँकी राख्दिनन् । उनको एक छोरी छन् । केही समय अघिसम्म काइली र्यापर ट्रेविस स्कटसँग सम्बन्धमा थिइन् । भलै उनीहरु अहिले अलग्गिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ४५ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको