गण्डकीमा कोरोना संक्रमित बढ्दै | Khabarhub Khabarhub

गण्डकीमा कोरोना संक्रमित बढ्दै



पोखरा– गण्डकी प्रदेशमा एक सातायता कोरोना संक्रमितको संख्या बढेको छ ।

प्रदेशमा झण्डै ६ हजार कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए ।

प्रदेश राजधानी पोखरामा कोरोना संक्रमित बढिरहेका छन् । दुई हजार १ सय ६९ जना सक्रिय संक्रमित रहेको पोखरामा शुक्रबार १ सय ६६ जना संक्रमित थपिएका छन् । कास्कीमा ४ सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । प्रदेशका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रदेशको दक्षिणी जिल्ला नवलपरासीपूर्वमा ८ सय १८ जना सक्रिय संक्रमित छन् । निर्देशनालयको पछिल्लो विवरणअनुसार वैशाख १ गतेदेखि आजसम्म कोरोना संक्रमण पुष्टी भइ १ सय १६ जनाको मृत्यु भइसकेको छ । कोरोनाको पहिलो लहरमा ३० जनाको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशको गोरखामा ७ सय २ जना सक्रिय संक्रमित रहेका छन् । गोरखामा शुक्रबार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गोरखामा अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ ।

यस्तै स्याङजामा पनि कोरोनाका सक्रिय संक्रमित ६३२ जना भने १३३ जनाको मृत्यु भएको छ । स्याङ्जामा शुक्रबार मात्रै थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैगरी, बाग्लुङमा पनि कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । शुक्रबार मात्रै ८८ जना संक्रमण पुष्टी भएको बाग्लुङमा ५१३ जना सक्रिय संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ ।

यस्तै ४४९ सक्रिय संक्रमित रहेको तनहुँमा ११४ जनाको मृत्यु भएको छ भने २ सय २६२ जना सक्रिय संक्रमित रहेको पर्वतमा ६४ जनाको मृत्यु भइसकेको छ । लमजुङमा १८८, म्याग्दीमा १४९, मुस्ताङमा २४ र मनाङमा १० जना कोरोनाको संक्रिय संक्रमित छन् ।

शुक्रबारसम्म कोरोना संक्रमण पुष्टी भई लमजुङमा ३४, म्याग्दीमा ४७, मुस्ताङमा १६ मनाङमा २ जनाको मृत्यु भएको निर्देशनालयको  विवरणमा उल्लेख छ ।

शुक्रबार गण्डकीमा थप पाँच जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १२३ पुगेको निर्देशनालयले जनाएको छ ।

संक्रमित बढिरहेको गण्डकी प्रदेशमा शुक्रबार प्रदेश स्वास्थ्यमन्त्री  मधु अधिकारी गुरुङ र प्रमुख सचिव डा. दामोदर रेग्मीको विशेष उपस्थितिमा मन्त्रालयका सचिवहरु सहभागी बैठकले कोभिशिल्ड र भेरोशिलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई दोस्रो मात्रा लगाउने, हेल्थडेस्क सञ्चालन लगायतका बिषयमा निर्णयहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

नवलपुरका दुई पालिकामा सबैलाई खोप

पूर्वीनवलपरासीको दुई पहाडी गाउँपालिकामा १८ वर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइने तयारी भएको छ ।

सरकारको दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तर्गत नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकालाई प्रस्ताव गरिएको नवलपुरको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

नवलपुरमा भेरोसेल खोपको दोस्रो डोज भदौ १ र २ तथा १० र ११ गते लगाइने जिल्ला काभिड १९ खोप समन्वय तथा अनुमगन समितिले निर्णय गरेको छ ।

जोन्सन एण्ड जोन्सन खोप भने खोप उपलब्धताको आधारमा खोप अनिवार्य गरिएका मुलुक प्रवेश गर्ने जिल्लाभरीका नागरिकलाई भेडाबारीस्थित गैंडाकोट नगर अस्पतालमा प्रत्येक बुधबार सेवा प्रदान गर्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ४० बजे

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

बागमती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको