काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७४६ कोरोना संक्रमितको आईसीयूमा र १६९ को भेन्टिलेटरमा गरी कुल ९१५ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३७ जना आईसीयूमा र ४८ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा ३ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ४७९ जना आईसीयूमा र ९७ जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ५८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ५५ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया