मलेसियामा आक्रमणको योजना बनाउने ४ जना पक्राउ « Khabarhub

मलेसियामा आक्रमणको योजना बनाउने ४ जना पक्राउ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेशिया– मुसलमान धर्मावलम्बीको पवित्र महिना रमादानका अवसरमा आक्रमण गर्ने योजना बनाइरहेका आशंकामा मलेशियामा ४ जनालाई पक्राउ गरिएको छ ।

मलेशियन प्रहरीको प्रतिआतंकवाद डिभिजनले टेरेङ्गानु तथा क्लाङ उपत्यकामा गत मे ५ र मे ७ बीच छापा मारी ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्यान्मारका दुई रोहिंग्या, एक इण्डोनेशियाली तथा एक मलेशियाली नागरिक छन् । उनीहरुले विभिन्न ४ उच्चपदस्थ व्यक्ति तथा महत्वपूर्ण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने योजना बुनिरहेको जनाइएको छ । छापा मार्ने क्रममा प्रहरीले हतियार तथा विष्फोटक पदार्थ समेत बरामद गरेको थियो ।

पक्राउ पर्नेहरु आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको हुनसक्ने बताइएको छ । पक्राउ पर्ने दुई रोहिंग्यामध्ये एक जना म्यान्मारमा सरकारविरुद्ध युद्धरत आराकान रोहिंग्या साल्भेसन आर्मी आर्सा नामक समूहका सदस्य समेत रहेको प्रहरीले जनाएको छ ।आक्रमणको योजना बुन्ने अन्य व्यक्तिहरु पनि संलग्न रहेको उनीहरुको पनि खोजी भइरहेको मलेशियाको अनलाई अखबार द स्टार अनलाईनले लेखेको छ ।

उनीहरुले गत नोभेम्बर महिनामा हिन्दु उग्रवादीको भीडले कुटेर हत्या गरेका एकजना अग्नि नियन्त्रकको हत्याको बदला लिन रमादान महिनामा गैर मुसलमान निशानामा आक्रमणको योजना बुनेको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : १४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।