साउनको चौथो सोमबार भगवान शिवको विशेष पूजाआजा, पशुपतिनाथ मन्दिर आज पनि छैन खुला | Khabarhub Khabarhub

साउनको चौथो सोमबार भगवान शिवको विशेष पूजाआजा, पशुपतिनाथ मन्दिर आज पनि छैन खुला


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउन महिनाको चौथो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।

दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

ब्रत बस्दा के खाने के नखाने ?

सोमबार ब्रत बस्दा आलू ,दही आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा वढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

आज पनि पशुपतिनाथ नखुल्ने

साउनको चौथो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न  देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत अझै बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले थपेको निषेधाज्ञामा मन्दिर, शैक्षिक संस्था बन्द नै रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ४० बजे

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल