अस्ताए अभिनेता अनुपम श्याम « Khabarhub

अस्ताए अभिनेता अनुपम श्याम


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुसार अन्तिम समयमा उनको शरीरका अंगले काम गरेका थिएनन् ।

केही समय अघि मात्र अनुपमका भाईले दाजुको स्वास्थ्य अवस्था बिग्रिएकाले आर्थिक सहयोगको अपिल गरेका थिए । अनुपमको स्वास्थ्य ठिक भएर काममा फर्किए पनि उनले हप्तामा तीनपटक डायलिसस गर्नु परेको थियो ।

अनुपमको जन्म २० सेप्टेम्बर १९६७ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनको प्रारम्भिक शिक्षा प्रतापगढमा नै भयो । त्यसपछि उनी लखनऊको भारतेन्दु नाट्य एकेडेमीमा थिएटर विषयमा भर्ना भए । नयाँदिल्ली आएपछि उनी श्रीराम सेन्टर रंगमण्डलमा जोडिए र नेशनल स्कुल अफ ड्रामाबाट उनले अभिनयको प्रशिक्षण लिए ।

उनले कैयौं फिल्ममा अभिनय गरे पनि टेलिफिल्म ‘मन की आवाज प्रतिज्ञा’बाट लोकप्रियता पाए । उनले ‘अमरावती की कथाएँ’, ‘रिश्ते’, ‘क्यूंकि…जीना इसी का नाम है’, ‘हमने ली है शपथ’, ‘डोली अरमानों’, ‘कृष्णा चली लण्डन’ जस्ता टेलिफिल्ममा अभिनय गरेका थिए ।

उनले फिल्ममा ‘संघर्ष’, ‘दुश्मन’, ‘दिल से’, ‘प्यार तो होना ही था’, ‘परजानिया’, ‘गोलमाल’, ‘नायकः द रियल हीरो’ र ‘पाप शक्तिः द पावर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ११ बजे

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल