परीक्षा सरेको सर्‍यै, विद्यार्थी र अभिभावकलाई भविष्यको चिन्ता « Khabarhub

परीक्षा सरेको सर्‍यै, विद्यार्थी र अभिभावकलाई भविष्यको चिन्ता


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने भनेर सूचना जारी गरेपछि भेषराज उपाध्याय गत साउन १५ गते परीक्षा दिन कैलालीबाट काठमाडौँ आए । परीक्षा हुन्छ भन्ने थाहा पाएपछि ताप्लेजुङबाट विनिता शर्मा पनि काठमाडौँ आइन् ।

परीक्षा लेख्न तयार भएका उनीहरू राष्ट्रिय परीक्षा बोर्डको निर्णयले निराश भएका छन् । समयमै परीक्षा दिएर उच्च शिक्षाको तयारी गर्ने सोच बनाएका भेषराजले परीक्षा फेरि स्थगित भएपछि आफू तनावमा परेको बताए । समयमै परीक्षा हुन नसक्दा भविष्य नै अन्योलमा परेको उनको भनाइ छ । भेषराजले भने, ‘समयमै परीक्षा नहुँदा भविष्यमा आउने अवसरहरू छुट्छन् कि भन्ने चिन्ता बढ्न थालेको छ ।’

उनी एमबीबीएसको तयारी गर्ने विचारमा छन् । दिमागमा सधैँ परीक्षाको बोझ अनुभव भएको पनि उनको भनाइ छ । प्रत्यक्ष उपस्थिति वा भर्चुअल जुन तरिकाबाट भए पनि उनी चाँडै परीक्षा होस् भन्ने चाहन्छन् । उनी त्रिपुरेश्वरस्थित विश्वनिकेत माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

विनिता परीक्षा दिने भनेर ताप्लेजुङबाट आए पनि अब कहिले हुन्छ भन्ने टुङ्गो नहुँदा चिन्ता लागेको छ । परीक्षाको तयारी गरेर बसेकी एलिशा थापालाई पनि दिक्क लागेको छ । कोरोना महामारीको नाममा बारम्बार परीक्षा स्थगित हुँदा मानसिक तनाव हुने गरेको उनले बताइन् ।

उनले भनिन् ‘परीक्षा सकेर अर्को काम गर्ने सोच बनाउँछु, फेरि रोकिन्छ ।’ उनले उच्च शिक्षाका लागि विदेश जाने सोचमा रहेका आफ्ना केही साथीहरू पनि तनावमा रहेको बताइन् ।

गत वैशाखमा सकिनुपर्ने परीक्षाको भदौमा पनि नहुँदा विद्यार्थीहरूमा निराशा छाएको एलिशाको भनाइ छ । कोरोना महामारीले शिक्षा क्षेत्र ध्वस्त पारेको उनले बताइन् ।

आफ्ना छोराछोरीको परीक्षा बारम्बार रोकिँदा आफूहरूलाई पनि तनाव हुने गरेको अभिभावक कमला थापाले बताइन् । उनले प्रश्न गरिन्, ‘नेताहरूले आफ्नो स्वार्थका लागि आन्दोलन गर्दा कोरोना नसर्ने तर विद्यार्थीहरूको परीक्षा सञ्चालन गर्दा कोरोना सर्ने, यो कस्तो खालको कोरोना हो ?’

उनका अनुसार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले आफ्नो सुरक्षा आफैँ गर्न सक्छन्, सुरक्षामा सबै मापदण्ड पूरा गरेर परीक्षा लिँदा हुन्छ । उनले भनिन्, ‘कोरोना जोखिम रहेको भन्दै विद्यालय बन्द र परीक्षा स्थगित गर्दैमा पनि बालबालिका सुरक्षित छन् भन्ने होइन ।’

उनका अनुसार अभिभावकहरू दिउँसोभरिका काममा जान्छन्, घरमा भएका बालबालिका सुरक्षित छन् भनेर ढुक्क हुने अवस्था छैन । जतिसक्दो चाँडो परीक्षा गर्नुपर्ने उनको भनाइ छ । पटक पटक परीक्षा सार्दा विद्यार्थीको भविष्य नै अन्योलमा परेको कमलाले बताइन् ।

कोरोना महामारीको जोखिम बढेको भन्ने कारण देखाउँदै राष्ट्रिय परीक्षा बोर्डले शनिबार सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको छ ।

बोर्डले परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ । परीक्षाको तयारी गरेको बार्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा परीक्षा स्थगन गरेको हो ।

परीक्षा स्थगित भएपछि तयारी गरेर बसेका करिब चार लाख विद्यार्थीहरू अन्योलमा परेका छन् । कक्षा १२ को परीक्षा स्थगित भएको यो दोस्रो पटक हो । यसअघि बोर्डले जेठ २६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको जोखिम बढेको कारण देखाएर साउन अन्तिमा पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ५९ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल