साउन महिनाको चौथो सोमबार पशुपति मन्दिरमा भक्तजनको भीड « Khabarhub

साउन महिनाको चौथो सोमबार पशुपति मन्दिरमा भक्तजनको भीड


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउन महिनाको चौथो सोमबार पनि भक्तजनहरुले पशुपतिनाथ मन्दिर पुगेर भगवान शिवको पूजाआराधना गरेका छन् ।

कोरोना महामारीका कारण मन्दिर नखुले पनि मन्दिर बाहिरै उनीहरुले पूजाआजा गरेका हुन् ।

पशुपति मन्दिर परिसरमा भक्तजनको भीड लागेको थियो । साउन महिनाको हरेक सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भिड लाग्ने गरेकामा यसवर्ष कोभिडको जोखिम कायमै रहेकाले विगत भन्दा भक्तजनको संख्यामा भने कमी आएको थियो ।

यस वर्ष साउन ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ३४ बजे

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै