जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण « Khabarhub

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ । कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लेको छ ।

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयरमा उछाल आएको छ । सो उपसमूहको शेयर ११९.५७ बिन्दुले बढेको छ । यस्तै, वित्त ९०.९१, निर्जीवन बीमा ३९, अन्य ८.४१, जीवन बीमा ४८.४ बिन्दुले सुधार आएको छ ।

बैंकिङ १२.०८, व्यापार ४३.८३, होटल तथा पर्यटन ३७.६६, विकास बैंक ५३.१२, उत्पादन ५५.८२, लघुवित्त ५५.४४, सामूूहिक लगानी कोष ०.०६ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६७ करोड ४८ लाख ५५ हजार ८६० बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ५८ करोड ९९ लाख ३९ हजार ५७०, अपि पावर कम्पनी रु ५३ करोड ८० लाख ६० हजार ५१३, सिनर्जी हाइड्रोपावर रु ५० करोड ४५ लाख ३५ हजार ३८२ र युनाइटेड मोदी रु ४५ करोड ९० लाख ५७ हजार ८५७ बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार सोमबारको कारोबारमा आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

एसबिएल डिवेञ्चर ३.९६, माछापुच्छ्रे बैंकको ऋणपत्र ३.९२, कर्णाली डेभलपमेन्ट बैंक ३.८७, सारथी नेपाल लघुवित्त ३.३७ र नेरुडे लघुवित्तका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४० अर्ब १३ करोड ४९ लाख २३ हजार ६३४ बराबर पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ४५ बजे

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा