‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना « Khabarhub

‘जी ले जरा’मा आलिया, प्रियंका र कटरीना


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ ।

फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट एकसाथ देखिँदैछन् । यसअघि फरहानले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ जस्ता साथीत्वसँगको सम्बन्ध बोकेको फिल्म बनाइसकेका छन् ।

‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो फिल्म एक्सेल इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । यो व्यानरको स्थापना सन् १९९९ मा रितेश सिधवानी र फरहान अख्तरले मिलेर गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुनेछ ।

अभिनेत्री प्रियंका पछिल्लो पटक फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । त्यस्तै कटरीना सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ३० बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण