यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्णपाठ) « Khabarhub

यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्णपाठ)


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताएका हुन् ।

कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको समेत उनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि रु पाँच अर्ब निकासा गरेको उल्लेख गरे ।

संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए ।

पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।

विप्रेषणलाई मुलुकको अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले उपभोग्य क्षेत्रमा खर्च हुँदा त्यसले नकारात्मक प्रभाव पारेको बताए । सार्वजनिक संस्थामा गरेको लगानीको प्रतिफल न्यून रहेको जानकारी दिँदै अर्थमन्त्रीले ती संस्थाको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड दिए ।

देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए ।

आयोजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उनले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी त्यसको उदाहरण भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाइ थियो ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ३० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका