यसरी जोगाउनुहोस् तपाईंको कम्प्युटर « Khabarhub

यसरी जोगाउनुहोस् तपाईंको कम्प्युटर


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समय भनेको प्रविधिको समय हो । त्यसैले अहिलेका अधिकाशंको काम कम्प्युटरमा हुने गर्दछ । तर त्यहि कम्प्युटर भने कहिलेकाहि स्लो हुने, फाइलहरू हराउने, अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । यस्तो किन हुन्छ त ?

कम्प्युटरमा भाइरस घुस्यो भने यसले काममा बाधा उत्पन्न गराउँछ । यसले कम्प्युटरमा राखिएका फाइल हराउन थाल्छ । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ । अनावश्यक फाइलले मेमोरी फुल गरिदिने, फाइल नखुल्ने समस्या आउन सक्छ ।

कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्छन् । यस्तो अवस्थामा भाइरस लागेको हुन्छ । तर केही सावधानी अपनाए कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छिर्‍यो भने यो व्यापक रूपमा फैलिन्छ । यसकालागि के गर्ने त ?

१. इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड नगर्ने अन्यथा प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ ।

२. नचिनेको अनलाइन पोर्टलहरू खोल्दा भाइरस लाग्ने संभावना हुन्छ ।

३. कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लाग्छ । कम्प्युटरमा इरर आउँछ ।

४. इमेलबाट पनि कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको इमेल चेक गर्दा कम्प्युटरमा भाइरस लाग्न सक्छ । त्यसैले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन ।

५. बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

कम्प्युटरलाई जुनसुकै भाइरसबाट बचाउन एन्टिभाइरस राख्नुपर्छ । त्यसो गर्न सकियो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना