सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन थप ४३९ लडाकू मारिए « Khabarhub

सुरक्षा कारबाहीमा अफगानिस्तानमा एकैदिन थप ४३९ लडाकू मारिए


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको अफगानिस्तानी सुरक्षा निकायहरुले जनाएका छन् ।

विषेश गरेर नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायतका प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ ।

“सुरक्षा कारबाही तीव्र पारिएका ठाउँमध्ये कान्दहार प्रान्तमा मात्रै २५ लडाकू मारिएको र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ,” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व भइरहे पनि पछिल्लो समयमा हिंसात्मक घटना थप बढेका छन् ।

अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेकाले हिंसात्मक घटना बढेका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तीव्रता दिएका छन् ।

तालिबान लडाकूहरुले अहिलेसम्म झण्डै आधा दर्जन प्रान्तीय राजधानी नियन्त्रणमा लिएको दाबी गरेका छन् । ती क्षेत्रहरुमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

लडाकूहरूले हरेक प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयका अधिकारीहरुले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ४५ बजे

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा