पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर « Khabarhub

पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर



पोखरा– सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् ।

सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदियो ।

३०७३ सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा लिन थालेकी तिलिजाले गत वर्ष एसईई दिने तयारी गरेकी थिइन् । परीक्षामा सहभागी भएर प्रतिस्पर्धाबाटै एसईई पास गर्ने विश्वास लिएकी उनलाई परीक्षा भने दिनु परेन ।

कोरोना संक्रमणको जोखिमका कारण लगातार दुई वर्ष आन्तरिक मूल्याङ्नको आधारमा निकालिएपछि ६० वर्षीया महिला तिलिजासँगै नौ जना महिलाले यो वर्ष एसईई उत्तीर्ण गरेका छन् ।

भुलुमायासँगै एसईई उत्तीर्ण गरेकी ५५ बर्षिय लालकुमारी सापकोटा पनि बाल्यकालको पढ्ने रहर पूरा भएकोमा खुशी देखिन्छिन् ।

म्याग्दी बेनीबस्ने ३७ वर्षीया सबिना नेपालीले पनि बृद्धाआमाहरुसँग एसईई उत्तीर्ण गरिन् । सबिनालाई सानो उमेरमा पढ्ने रहन नभएको होइन । तर आर्थिक अवस्था कमजोर भएका कारण उनको बाल्यकाल घाँस दाउरामा बित्यो । उमेर गएपछि पनि पढ्ने चाहना पूरा भएकोमा उनीहरु औधी खुशी छन् ।

भुलुमाया, लालकुमारी, सबिनासँगै ४८ वर्षीया भुलकुमारी तिलिजा, ३६ वर्षकी तिर्सना भण्डारी, ३० वर्षीया रेणु विक, २८ वर्षकी पुष्पा शाही, २५ वर्षकी र २४ वर्षकी ललिता तिलिजाले पनि यो वर्ष एसर्ईई परीक्षा उत्तीर्ण गरे ।

विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष राजेश शाक्यकाअनुसार वि.स. २०७३ सालमा स्थापना भएको यो विद्यालयमा २० भन्दामाथिका ६८ जना महिलाहरु अध्ययनरत छन् । ऊबेला कालोपाटीमा कखरा लेख्नुपर्ने आमाहरुलाई प्रविधिको विकासले गर्दा अहिले कम्प्युटरमा पढ्ने सौभाग्य मिलेको छ ।

प्रदेश सरकार, नगरपालिका तथा शिक्षा विकास समन्वय इकाईको आर्थिक सहयोगबाट पढ्ने अवसर पाएका आमाहरु सामाजिक कामहरु पनि उत्तिकै सक्रिय देखिन्छन् ।

विद्यालय सञ्चालन भई पहिलो पटक एसईई परीक्षा उत्तीर्ण गरेका नौ जना आमाहरुलाई सोमबार विद्यालयले सम्मान गरेको थियो । बुढेसकालमा पनि शिक्षालाई निरन्तरता दिएका महिलाहरुको सम्मान कार्यक्रममा सहभागी गण्डकी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनले एसईईपछिको अध्ययनलाई पनि निरन्तरता दिन आमाहरुलाई सुझाएकी छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ५० बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा