विद्यालय शिक्षा : दुई वर्षमा ३३ हजार विद्यार्थी गायब « Khabarhub

विद्यालय शिक्षा : दुई वर्षमा ३३ हजार विद्यार्थी गायब


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७७ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन ५ लाख १७ हजार १२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रूद्रप्रसाद अधिकारीका अनुसार २०७७ सालको एसईई परीक्षामा सहभागी हुन रजिस्ट्रेसन फारम भरेकामध्ये ४ लाख ९२ हजार २७८ जना विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए ।

यसरी हेर्दा २४ हजार ८४४ जना विद्यार्थी हराए । रजिस्ट्रेसन फारम कक्षा नौमा भर्नुपर्छ ।

परीक्षा आवेदन फारम भरेका मध्ये ४ लाख ८४ हजार २८७ जना विद्यार्थीको एसईई नतिजा प्रकाशित भयो । आवेदन फारम भरेका ८ हजार विद्यार्थी हराए ।

यसरी कक्षा नौमा रजिस्ट्रेसन फारम भरेर एसईई परीक्षासम्ममा ३२ हजार ८४४ जना विद्यार्थी हराए अर्थात उनीहरूले पढाइ छाडे । रजिस्ट्रेसन फारम भरेको विद्यार्थी संख्या अनुसार दुई वर्षमा ६ दशमलव ३५ प्रतिशत विद्यार्थीले पढाइ छाडे ।

एसईई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा परीक्षा नियन्त्रण कार्यालयले लिने गरेकोमा यो क्रम टुटेको दुई वर्ष भयो । कोरोना भाइरस संक्रमणको महामारीका कारण विद्यालयले लिएका परीक्षा र तोकिएका अन्य मापदण्डका आधारमा विद्यालयले गरेको मूल्यांकन प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरेको हो ।

काठमाडौँ उपत्यकामा १६ सय गायब

२०७७ सालको एसइई परीक्षा दिन काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयबाट रजिस्ट्रेसन फारम भरेका १ हजार ६०७ जना विद्यार्थीले पढाइ छाडेका छन् ।

तीन जिल्लाबाट एसईई परीक्षा दिन ५४ हजार ७९६ जनाले रजिस्ट्रेसन फारम भरेकोमा ५३ हजार १८५ जनाको मात्र नतिजा प्रकाशन भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौँका प्राविधिक अधिकृत फणीन्द्रप्रसाद घिमिरेका अनुसार काठमाडौँ जिल्लाबाट ३८ हजार ४३२ जना विद्यार्थी रजिस्ट्रेसन फारम भरेकोमा ७९१ जनाले परीक्षा आवेदन फारम भरेनन् । आवेदन फारम भरेकामध्ये ४७७ जना एसईई मूल्यांकनमा परेनन् ।

यसरी काठमाडौँ जिल्लाबाट मात्रै एसईईमा सहभागी हुनुपर्ने १ हजार २६८ जना विद्यार्थीले पढाइ छाडे ।

घिमिरेका अनुसार कोरोना महामारीका करण अभिभावकहरू गाउँ फर्केको र उनीहरूसँगै विद्यार्थीहरूले पनि काठमाडौँ छोडेका कारण एसईईमा सहभागी नभएको अनुमान गरिएको छ ।

ललितपुर जिल्लामा २४१ जना विद्यार्थी अनुपस्थित भए । शिक्षा विकास तथा समन्वय इकाई, ललितपुरका प्रमुख गणेश ढकालका अनुसार एसईईका लागि ललितपुर जिल्लाबाट १० हजार ३१६ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका थिए ।

परीक्षा आवेदन फारम १० हजार १०२ जनाको आयो । अन्तिम नतिजा १० हजार ७५ जनाको आयो ।

बीचमै विद्यालय छोड्ने, परीक्षा दिन नचाहने लगायतका कारणले विद्यार्थी घटेको उनको भनाइ छ । कोही विद्यार्थीहरूले पारिवारिक र आर्थिक समस्याका कारणले पनि पढाइ छाड्ने गरेका छन् ।

भक्तपुर जिल्लाबाट ६ हजार ४८ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेकोमा ५ हजार ९५३ जनाले परीक्षा आवेदन फारम भरे । एसईई मूल्यांकनमा ५ हजार ९४६ जना विद्यार्थीहरू सामेल भए । यसरी भक्तपुरमा १०२ जनाले पढाइ छाडे ।

शिक्षा विकास तथा समन्वय इकाई, म्याग्दीका इकाई प्रमुख दलबहादुर थापामगरका अनुसार जिल्लामा २ हजार ४२२ जना विद्यार्थीले रजिस्ट्रेसन फारम भरेकोमा २२ सय ५१ जनाले परीक्षा आवेदन फारम भरे । एसईई मूल्याङ्कनमा २ हजार २३१ जना परे । यहाँ पनि १९१ जनाले पढाइ छाडे ।

२०७७ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू २०६८ सालमा कक्षा एकमा भर्ना भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार उक्त वर्ष कक्षा एकमा १२ लाख ८४ हजार ४८ जना विद्यार्थी भर्ना भएका थिए ।

२०६८ सालमा कक्षा १ मा भर्ना भएको संख्याका आधारमा हेर्दा दश वर्षमा ७ लाख ९९ हजार ७७० विद्यार्थीले विद्यालय छाडेको देखिन्छ । यसरी हेर्दा १० वर्षमा ६२ दशमलव २८ प्रतिशत विद्यार्थीले पढाइ छाडेको देखिन्छ ।

पारिवारिक, सामाजिक, आर्थिक लगायत विभिन्न कारणले गर्दा विद्यार्थीहरूले बीचमै पढाइ छोड्ने गरेका विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  २ : ४८ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र