उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन « Khabarhub

उपभोक्तालाई गुणस्तरीय सेवा दिन मुख्यसचिव बैरागीद्वारा निर्देशन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा केन्द्रिय कार्यालयमा आज आयोजित दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले कम्पनीसामु चुनौती थपिदै गएको बताए ।

चुनौतीबाट नतर्सेर आफूलाई समयक्रमसँगै परिमार्जित गर्दै लैजाने उनले सुझाव दिए । “योजना र मानव संसाधन मजबुद बनाउनेतर्फ ध्यान दिन जरुरी छ”, मुख्यसचिव बैरागीले भन्नुभयो, “कम्पनीलाई अघि बढाउन रोडम्याप बनाउनतर्फ लाग्नु पर्छ ।”

सेवा प्रभावकारी बनाउन गृहकार्य आवश्यक भएकोमा जोड दिँदै बैरागाीले कम्पनीका आफ्ना समस्या आन्तरिक छलफलबाट नै समाधान गर्न सकिने बताए ।

“कोरोना महामारीका कारण अहिलेको समय चुनौतीपूर्ण छ, यस्तो बेला उपभोक्तालाई घरदैलोमै सेवा दिनुपर्छ”, उनले भने ।

खाद्यान्न भण्डारण र खरिदमा ध्यान दिन निर्देशन दिँदै उहाँले व्यापारी पुग्न नसकेको ठाउँमा कम्पनी पुग्नुपर्ने बताए ।  “मुलुकमा भोकमरीको अवस्था आउन दिन हुन्न, नागरिकका आधारभूत आवश्यकता पूरा गर्नतर्फ ध्यान जानु जरुरी छ”, उनले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सार्वजनिक संस्था स्थापनाको उद्देश्यअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । “जनताप्रति उत्तरदायी संस्था भएकाले त्यही अनुरुप काम गर्नुपर्छ”, सचिव भट्टराईले भने ।

कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष भेषनाथ न्यौपाने, कर्मचारी सङ्गठनका कार्यवाहक अध्यक्ष रणबहादुर बुढाथोकी र कम्पनीका नायब महाप्रबन्धक श्रीमणी खनालले कम्पनीका गतिविधि तथा समस्या प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : ०१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार