पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप | Khabarhub Khabarhub

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए। “हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो”, भट्टराईले भने ।

उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए । उनले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए। उनका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), ट्रेकिङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिए ।

परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले “नो भ्याक्सिन, नो टुरिजम” भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ११ : ०६ बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको