कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ ।

बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए ।

भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ । तथापि हाल निर्धारित कार्यतालिकाभित्र सातै प्रदेशका कुनै न कुनै वडाको भएपनि अधिवेशन सकेर यसलाई निरन्तरता दिनेमा लगभग एकमत छ । यद्यपि त्यसरी शुरू हुने अधिवेशन केन्द्रमा महाधिवेशनसम्म आइपुग्दा कुनै मिति निर्धारण हुने भन्नेमा मतैक्यता नभएको घिमिरेले बताए ।

संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्नु पर्ने मनसाय बनाइरहँदा  इत्तर समूहले असोजभित्र महाधिवेशन सक्नु पर्नेमा दबाब बढाउँदै लगेको छ ।

यस्तै आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पनि पारित गर्ने घिमिरेले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : २५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा