कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ ।

बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए ।

भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ । तथापि हाल निर्धारित कार्यतालिकाभित्र सातै प्रदेशका कुनै न कुनै वडाको भएपनि अधिवेशन सकेर यसलाई निरन्तरता दिनेमा लगभग एकमत छ । यद्यपि त्यसरी शुरू हुने अधिवेशन केन्द्रमा महाधिवेशनसम्म आइपुग्दा कुनै मिति निर्धारण हुने भन्नेमा मतैक्यता नभएको घिमिरेले बताए ।

संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्नु पर्ने मनसाय बनाइरहँदा  इत्तर समूहले असोजभित्र महाधिवेशन सक्नु पर्नेमा दबाब बढाउँदै लगेको छ ।

यस्तै आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पनि पारित गर्ने घिमिरेले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : २५ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै