आर्सनलका स्टार खेलाडी ओजीलको जर्सी सगरमाथा आधार शिविरमा « Khabarhub

आर्सनलका स्टार खेलाडी ओजीलको जर्सी सगरमाथा आधार शिविरमा


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– जर्मन तथा इङ्ग्लिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजीलको जर्सी सगरमाथा आधार शिवीरमा पुर्‍याइएको छ ।

ओजीलले आर्सनल फ्यान क्लब नेपाललाई आफ्नो हस्ताक्षर सहितको टि–सर्ट पठाएका थिए । उक्त टि–सर्ट सोमबार उनका नेपाली प्रशंसकले सगरमाथा आधार शिविरमा पुर्‍याएर प्रदर्शन गरेका हुन् ।

केही समय अगाडि ओजीलले आर्सनलबाट खेल्दा प्रयोग गर्ने १० नम्बर जर्सी आर्सनलका नेपाली समर्थक समाजलाई पठाएको बताएका छन् । जसलाई उनका प्रसंशकले सगरमाथा पुर्‍याउँदै नेपाल भ्रमणका लागि आह्वान समेत गरे ।

उक्त तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा राख्दै ओजीलले खुसी व्यक्त गरेका छन् । ओजीलले आफ्नो जर्सी प्रसंशकहरुले सगरमाथाको आधार शिविर ५ हजार ३ सय ६४ मिटरमा पुर्‍याएर जर्सी प्रदर्शन गरेको भन्दै ट्वीटरमा नेपाली झन्डा इमोजी राख्दै धन्यवाद समेत दिएका छन् ।

ट्वीटरमार्फत नै ओजीलका प्रशंसकहरुले जर्सी पठाएकोमा खुसी लागेको प्रतिक्रिया दिँदै नेपाल आएमा सगरमाथाको आधार शिविर घुमाउने खालका प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ४ : ०७ बजे

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई