सारङ्गी रेट्ने राजेन्द्र गन्धर्व भन्छन्– पहिलेका हामी पत्रकार, नयाँ पुस्ताले अपमानित ठान्यो « Khabarhub

सारङ्गी रेट्ने राजेन्द्र गन्धर्व भन्छन्– पहिलेका हामी पत्रकार, नयाँ पुस्ताले अपमानित ठान्यो



नवलपुर– सानै उमेरदेखि गीत गाउने गरेका राजेन्द्र गन्धर्वको श्वर पहिलेजस्तो छैन । ऊबेला सबैको मन मुटुमा बस्ने गरेका राजेन्द्रले सारङ्गी बोक्दै हिडेको ५० वर्ष भयो ।

सात वर्षको उमेदेखि नै सारङ्गी बोकेर गीत गाउन शुरु गरेका उनी अहिले ५७ वर्षका भए । तर पनि गीत गाउने पेशामा बिराम लागेको छैन ।

गन्धर्व समूदायको पुर्ख्यौली पेशा सारङ्गी बजाउने हो । यो समुदायका मानिसहरु घरघरमा गएर सारङ्गीको मिठो धुनसँगै देश विदेशका घटनाहरुलाई गीतका माध्यामबाट प्रस्तुत गर्छन् ।

तर पछिल्लो पुस्ताले भने यो पेशालाई छाड्दै गएको छ । गुल्मी ठूलो पोखराका राजेन्द्रले भने आफ्नो पुर्ख्यौली पेशाको बिँडो थामिरहेका छन् ।

स्कुल पढ्दादेखि नै राजेन्द्रलाई सारङ्गी बजाउन र गीत गाउँन शिक्षकहरुले उत्प्रेरित गरे । घरबाटै सारङ्गी र मादल बोकेर विद्यालय गएको सम्झना उनलाई अहिले पनि ताजै छ ।

‘हरेक शुक्रबार स्कुलमा नाचगानको कार्यक्रम हुन्थ्यो, नाटक देखाउनु पर्दथ्यो,’ राजेन्द्रले बालपान सम्झिए, ‘हामी नभए विद्यालयमा नाचगान र नाटकको कार्यक्रम हुँदैनथ्यो ।’

आम्दानी भलपानीजस्तो

गन्धर्व समुदायको पुर्ख्यौली पेशाबाट मनग्गे आम्दानी हुने राजेन्द्रले उल्लेख गरे । तर यति नै आम्दानी हुन्छ भन्ने अवस्था भने नभएको उनको भनाइ छ ।

‘आम्दानी त हजुर भलपानी हो’, उनले भने, ‘कहिले मनग्गे हुन्छ, कहिले दुई चार पैसामा चित्त बुझाउनुपर्छ ।’

पुर्ख्यौली पेशाबाट आम्दानी मनग्गे नभएको होइन तर नयाँ पुस्ताले भने यो स्वीकार्न नसकेको उनको बुझाइ छ ।

आफ्नो पुर्ख्यौली पेशालाई यो उमेरसम्म पनि छाड्न नसकेकाका राजेन्द्रको छोराछोरीले भने पुर्ख्यौली पेशालाई अंगाल्न नचाहेको उनले बताए ।

सारङ्गी मात्र होइन, मादल र बाँसुरी बजाउने कला पनि उनीसँग छ । उनले सारङी, मादल, बाँसुरीहरु बजाउने मात्र होइन, आफै बनाउँछन् ।

स्थानीय रेडियोदेखि रेडियो नेपालसम्म

राजेन्द्र गन्धर्व गाउँघरमा मात्रै डुल्ने काम गरेनन् । सारङ्गी बोकेरै उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगे । ७७ जिल्ला मध्ये ६८ जिल्ला पुगेका उनले स्थानीय एफएम रेडियोदेखि रेडियो नेपालसम्म पुगेर गीत रेकर्ड गराएका छन् ।

१३ वर्षको सानै उमेरमा राजेन्द्रको श्वर मसिनो थियो । तिख्खर भइसकेको थिएन । त्यही उमेरमा उनले रेडियो नेपालमा गएर गीत रेकर्ड गराउने अवसर पाए ।

सानैदेखि जातीय विभेदको मर्म बुझेका उनले रेडियो नेपालको केन्द्रीय प्रशारणस्थल काठमाडौं पुगेर जातीय उन्मुलनकै गीत गाए । ‘ऐसेलुको पात, घर मिल्यो, मन मिल्यो, किन चाहियो जात’ भन्ने गीत उनले रेडियो नेपालमा रेकर्ड गराएका हुन् । आफूले रेकर्ड गराएको गीत रेडियो नेपालबाट बज्छ कि बज्दैन, उनलाई थाहा छैन । तर अहिले पनि त्यो गीत गाएर आफ्नो सारङ्गीमा ताल भर्न भने उनले बिर्सेका छैनन् ।

राजेन्द्र गन्धर्वले चर्चित लोकदोहोरी गायक राजु परियार, टीका पुनदेखि रामकृष्ण ढकालको साथ लागे पनि हिडे । विभिन्न ठाउँमा हुने मेला महोत्सवमा राष्ट्रिय कलाकारको साथमा बाद्यबादन टोलीसँगै उनले सारङ्गी बजाउने काम पनि गरे ।

कार्यक्रमहरुमा दिनभरी बाद्यबाधन टोलीमा रहेर सारंगी रेट्दा पाँच सय रुपैँया पाउने गरेको उनले सुनाए । कृष्ण कण्डेलको चर्चित कार्यक्रम इन्द्रेणीमा पनि पुगे । तर उनलाई त्यसरी पाउने आम्दानी चित्त बुझेन ।

हामी पत्रकार थियौं, नयाँ पुस्ताले अपमानित ठाने

गाउँघरमा डुलेर सबैको घरघरमा पुग्दा मायाँ ममता पाउने गरेको राजेन्द्रको स्मरण छ । पहिलेजस्तो मायाँममता पाइन्थ्यो, त्यस्तो मायाँ ममता छ अहिले छैन तर पनि उनले आफूलाई अपहेलित महशुस गरेका छैनन् ।

उनले आफूहरु पहिलेको समयमाका लागि पत्रकार भएको स्मरण गर्छन् । ‘त्योबेला पत्रपत्रिका, रेडियो, टेलिभिजन थिएनन्, हामीले नै समाचारको काम गर्थ्यौं’, राजेन्द्रले भने–‘देश विदेशमा भएका घटनाहरु घरघरमा गएर सुनाउथ्यौं, तर अहिले त कतिछिटो युट्युबमा आइहाल्छ ।’

आफ्ना लागि घटनाहरु पुराना भइदिने गरेको उनले बताए । प्रविधिको विकासले गर्दा अहिले आफूले पनि मोबाइल बोकेर हिडेको उनले देखाए ।

अर्काको घर आँगनमा गीत गाएर माग्दै हिडेको अनुभूति अहिलेको पुस्ताले गर्यो । राजेन्द्र भन्छन्, ‘पुर्ख्यौली पेशा अनि, आफ्ना कला संस्कृति संरक्षण गर्ने अभियान भए पनि समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको सोँच अहिलेको पुस्तालाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ३० बजे

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले