अफगानिस्थानमा तालिवानको कब्जा बढ्दै जाँदा विश्व समुदाय चिन्तित | Khabarhub Khabarhub

अफगानिस्थानमा तालिवानको कब्जा बढ्दै जाँदा विश्व समुदाय चिन्तित


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा समस्या बढ्दै गएपछि त्यहाँका कूटनीतिक नियोगका कर्मचारीलाई सहयोग गर्न पहिलो अमेरिकी सैन्य समूह अफगानिस्तान पुगेको छ ।

शुक्रबारमात्र विद्रोही तालिवान समूहले अफगानिस्तानको राजधानी काबुलभन्दा ८० मिलो मिटर टाढा लोगा प्रान्तको राजधानी पुल ए आलमलाई नियन्त्रणमा लिएपछि अमेरिकाले यो कदम चालेको हो ।

बाइडनले अफगानिस्तानमा बढ्दै गएको संकटमा चिन्ता प्रकट गर्दै अवस्था नियन्त्रण बाहिर गएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय २ लाख ५० हजार मानिस घर छाड्न बाध्य भएका छन् ।

बीस वर्षपछि त्यहाँ रहेका विदेशी सेनाहरूले अफगानिस्तान छाड्ने घोषणा गरेपछि भएको घटनाका कारण कतै अफगानिस्तानमा लामो संघर्षपछि प्राप्त मानव अधिकारको अवस्था फेरी गुम्ने त होइन भन्ने चिन्ता बढेको छ ।

सन् १९९० को दशकमा तालिवानको प्रभावमा रहेको क्षेत्रमा महिलाहरूले अनुहार छोपिने गरी बुर्का लगाउनु पथ्र्यो । दश वर्षभन्दा बढी उमेरका महिलाका लागि शिक्षा अवैध ठहरिएको थियो । महिलाहरूका लागि सार्वजनिक जीवन बिताउने अधिकार थिएन ।

शुक्रबार नै तालिवानले देशको ठूलो शहर कान्दहार कब्जामा लिएको छ । लक्सार गहाको नजिकका क्षेत्र र पश्चिममा हेरातसम्मका स्थान तालिवानको कब्जामा परेका छन् ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले घटना नियन्त्रण बाहिर गएको र यसलाई गम्भीरतापूर्वक लिइएको प्रतिक्रिया दिएका छन् । अहिले तीन हजारको हाराहारीमा कूटनीतिक नियोगका कर्मचारीलाई उद्धार गर्न सेना पठाइएको हो ।

तस्वीर : बीबीसी

काबुलमा हुनसक्ने गम्भीर दुर्घटनालाई ध्यानमा राख्दै काबुलले अमेरिकाले त्यहाँका नागरिकलाई बाहिर निकाल्न सक्ने जनाइएको छ । अमेरिकी गुप्तचरले पाएको सूचना अनुसार तालिवानले ३० दिनमा काबुललाई नियन्त्रणमा लिने लक्ष्य राखेको छ ।

बेलायतले आफ्ना कर्मचारीको उद्धार गर्न ६ सय जनाको सैन्य समूह पठाउँदै छ । दूतावासमा जर्मनीले जस्तै न्यूनतम संख्यामा कर्मचारी राख्ने भएको छ । डेनमार्क र नर्वेले दूतावास बन्द गरिसकेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले तालिवानलाई तत्काल युद्ध रोक्ने चेतावनी दिँदै अन्यथा यसले अन्तर्राष्ट्रिय क्षेत्रमा ठुलो समस्या आउने बताएका छन् । प्रत्येक दिन युद्ध चम्केको समयमा ग्रामीण भेगमा अझ ठूलो समस्या भएको छ ।

अहिले अफगानिस्तानमा खाद्य संकट रहेको छ । विद्यालय र स्वास्थ्य चौकी लगायत भौतिक संरचना क्षतविक्षत भएका छन् । गएको एक महिनामा मात्र हजार जनाको ज्यान गएको छ ।

अहिले राजधानी शहरको वरपर विपक्षीका क्याम्प खडा भएका छन् । सबै जना घरभन्दा बाहिर सडकको सुताइ सुरक्षित महसुस गरिरहेका छन् । यस घटना क्रमले बालबालिकाको जीवन सबैभन्दा असुरक्षित बनेको छ । सेभ द चिल्ड्रेनका अनुसार अहिले ७२ हजार बालबच्चा जोखिममा रहेका छन् ।

बीस बर्षिया विद्यार्थी जुहालको भनाइले सबैलाई मर्माहत तुल्याएको छ । उनी भन्छिन्, ‘युद्ध रोकिनुको कुनै विकल्प छैन । एउटा बच्चाले आफ्नो काखमा मरेको बच्चा च्यापेर रोएको दृश्य हेर्नु जति दुःखद अरू केही हुनै सक्दैन ।’

क्यानडाले भने अधिकारीकर्मी, सञ्चारकर्मी र महिला नेत्रीसमेत गरी २० हजार जनालाई पुर्न स्थापित गर्ने योजना बनाएको छ ।

अफगानिस्तानको विकसित यो घटनाक्रमले अमेरिकी राष्ट्रपति जो बाइडेनको विदेश नीतिको आलोचना मात्र भएको छैन, उनलाई अहिले नै असफल घोषित गर्ने क्रमको शुरूवात भइसकेको छ ।

त्यसो त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयको आलोचना पहिलोदेखि नै भए पनि यो दुर्घटनापछि पनि बाइडेनले आफ्नो पूर्ववत् निर्णयबाटपछि हट्ने संकेत नदेखाएपछि उनको आलोचना अझ बढेको हो ।

धेरै अमेरिकी अधिकारीले भने यो घटनाको दोष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि लगाइरहेका छन् । ट्रम्प प्रशासनले १ मेबाट सेना हटाउन शुरू गर्ने घोषणा गरेका कारण बाइडेनमाथि पनि दबाब परेको दाबी उनीहरूको छ ।

त्यसो त तालिवानको प्रभाव बढेसँगै बाइडेनले आफ्ना निकटस्थहरूसँग विकसित घटना क्रमका बारे सल्लाह गरेका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभान र सचिव लोयड अस्टिनलाई राष्ट्रपतिका नीति कार्यान्वयन गर्न पूर्ण अधिकार समेत दिएको छ ।

यसपछि अफगान राष्ट्रपति अस्राफ घानी, नाटो सचिव जेन्स स्टोल्सबर्ग र कतारको दोहामा रहेका अमेरिकी प्रतिनिधिका बीचमा पनि सम्पर्क भएको छ । अमेरिकी पक्षले दूतावासले सम्पूर्ण काम सुझबुझका साथ ढङ्गले अघि बढाउने जनाएको छ ।

‘उनीहरू आफ्ना लागि आफै लड्छन्’ भन्ने वाइडेन नीतिका कारण त्यहाँका रहेका कमजोर, अशक्त तथा अफगान र विदेशी महिला सधैँका लागि मारमा पर्ने होइनन्, भन्ने चिन्ता तालिवानको चरित्र नजिकबाट हेर्नेहरूको छ । –विभिन्न एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : १५ बजे

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक