औद्योगिक र पर्यटन क्षेत्रका ६ हजार ७ सय व्यवसायीलाई खोप « Khabarhub

औद्योगिक र पर्यटन क्षेत्रका ६ हजार ७ सय व्यवसायीलाई खोप


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पोखरामा औद्योगिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।

अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४००, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५००, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९०० तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९०० व्यवसायीले खोप पाएका छन् ।

 

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ११ : २५ बजे

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ