खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा | Khabarhub Khabarhub

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फेला परेको जानकारी दिए ।

दलदलमा फसेका अवस्थामा यही साउन ११ गते मृत गैँडा भेटिएपछि अनुसन्धान अघि बढाएको निकुञ्जले घटनाबारे आज मात्रै जानकारी दिएको हो । कम्तीमा दुई महिनाअघि मरेको हुनसक्ने आशङ्का गरिएको छ ।

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको जस्तो चोट देखिएको बताइएको छ । उनले भने, “खाग काटिएका अवस्थामा मृत गैँडा भेटियो ।”

नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीले मृतावस्थामा फेला पारेको हो । यस लगत्तै निकुञ्जको उच्चस्तरको टोलीले अनुसन्धान अघि बढाएको छ । उनले भने, “हामीले अनुसन्धान जारी राखेका छौँ ।”

कुहिएकाले भाले पोथी पहिचान हुनसकेको छैन । घटना लगत्तै कारागारबाट छुटेका र अन्य शङ्कास्पदमाथि अनुसन्धान थालिएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा चार गैँडा चोरी सिकारीले मारेका थिए भने प्राकृतिक कारणले २८ मरेका थिए ।

चालू आवका साउनमा मात्रै प्राकृतिक कारणले पाँच गैँडा मरेका छन् । योसहित ६ गैँडा मरेका हुन् । निकुञ्जले गस्ती कार्यलाई तीव्रता दिएको भए पनि चोरी सिकार रोकिन सकेको छैन ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १ : २५ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन