अखिल क्रान्तिकारी २२ औं राष्ट्रिय सम्मेलन असोजमा « Khabarhub

अखिल क्रान्तिकारी २२ औं राष्ट्रिय सम्मेलन असोजमा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ। क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ८ देखि १० गतेसम्मका लागि सम्मेलन तय भएका जानकारी दिएको हो।

क्रान्तिकारीको केन्द्रीय समितिको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए।

‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित गर्ने सम्मेलनका लागि वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ,’ तामाङले भने‚ ‘भाद्र १५ गते सम्ममा इकाई , क्याम्पस, पालिका भेला सम्मेलन गरिसक्ने, भदौ २५ गतेसम्म जिल्लाहरुको भेला तथा सम्मेलन गरिसक्ने तय भएको छ।’

यस्तै‚ भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन गरिसक्ने र संगठनको विधानलाई थप व्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिने अध्यक्ष तामाङले बताए।

उनका अनुसार कोभिड कहरलाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलनमा आयोजकसहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ। गत २१ औं राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि सहभागी भएका थिए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ३ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको