प्रधानमन्त्री मोदीलाई खुल्ला बहसका लागि तयार हुन गान्धीको आग्रह « Khabarhub

प्रधानमन्त्री मोदीलाई खुल्ला बहसका लागि तयार हुन गान्धीको आग्रह


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै अध्यक्ष गान्धीले आउँदो लोकसभाको निर्वाचनमा काँग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कङ्ग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताउनुभयो ।

“यदि कसैले नरेन्द्र मोदीलाई मसँग दश मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन,” गान्धीले चुनौतिको भाषामा भन्नुभयो ।

राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उहाँले थप्नुभयो, “मैले भनिरहेको छु नि उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु ।”

भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्न थालेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : २९ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका