अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन « Khabarhub

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थिति देखिएको हुँदा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौलाले अफगानस्तानको अवस्था बिँग्रदै गएका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको बताइन् ।

यस विषयमा सरकार गम्भीर भएर आफ्ना नागरिकलाई उद्धार गर्न निर्देशन दिइएको उनले बताइन् ।

उलने भनिन्,  ‘तालिवानले राजधानी काबूल समेतलाई नियन्त्रणमा लिने स्थिति देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई उद्धार गर्नको लागि तत्काल सबै कुटनीतिक लगायतका उपाय अबलम्बन गर्न निर्देशन दिएका छौँ ।’

त्यस्तै बैठकले वैदेशिक रोजगारीमा गएका नागरिकको हक हित र अधिकारका लागि नियमित रुपमा परराष्ट्र मन्त्रालयमा वैदेशिक रोजगारमा जानेको आवश्यक तथ्याङ उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको सभापति निरौलाले बताइन् ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको जानकारी दिए ।

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरिएको र आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने व्यवस्था गरिएको उनले बताए ।

सरकारसँग रहेको औपचारिक तथ्यांक अनुसार १५ सय नेपाली राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको