अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थिति देखिएको हुँदा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौलाले अफगानस्तानको अवस्था बिँग्रदै गएका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको बताइन् ।

यस विषयमा सरकार गम्भीर भएर आफ्ना नागरिकलाई उद्धार गर्न निर्देशन दिइएको उनले बताइन् ।

उलने भनिन्,  ‘तालिवानले राजधानी काबूल समेतलाई नियन्त्रणमा लिने स्थिति देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई उद्धार गर्नको लागि तत्काल सबै कुटनीतिक लगायतका उपाय अबलम्बन गर्न निर्देशन दिएका छौँ ।’

त्यस्तै बैठकले वैदेशिक रोजगारीमा गएका नागरिकको हक हित र अधिकारका लागि नियमित रुपमा परराष्ट्र मन्त्रालयमा वैदेशिक रोजगारमा जानेको आवश्यक तथ्याङ उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको सभापति निरौलाले बताइन् ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको जानकारी दिए ।

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरिएको र आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने व्यवस्था गरिएको उनले बताए ।

सरकारसँग रहेको औपचारिक तथ्यांक अनुसार १५ सय नेपाली राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार