माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने | Khabarhub Khabarhub

माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।

आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनकारी दिए ।

त्यस्तै राष्ट्रिय सम्मेलन अघि चारमहिनासम्म बिभिन्न तहको सम्मेलन गर्ने निर्णय भएको उनले बताए । बैठकले संघीयताको मर्मअनुसार जिल्ला समिति खारेज गर्ने र जिल्ला संयोजक समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले रिक्त पदपूर्तिको लागि स्थायी समितिलाई ७ दिनको म्याद दिएको छ । यस्तै बैठकले उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने, जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिनेलगायत निर्णय पनि गरेको छ ।

त्यस्तै माओवादीका हरेक संरचनामा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता अनिवार्य गर्ने विधानको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय उनले बताए ।

बैठकले विभिन्न चार वटा प्रस्ताव पनि पारित गरेको छ । जसमा भारतीय एसएसबीले तार काटेर महाकालीमा जयसिंह धामी खसेको भन्ने निचोड निकाल्दै सरकारलाई यसबारे छानविन टोलीको प्रतिवेदन शीघ्र ल्याई कुटनीतिक पहल गर्न माग गरेको छ ।

त्यस्तै बेलायतमा पूर्व गोर्खा सैनिकको अनसनबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरको उनले बताए ।

कोरोना संक्रमणबाट जनतालाई बचाउने अधिक्तम पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले अफगानस्थानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्दै सुरक्षित स्थानमा लैजाने व्यवस्थान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ०० बजे

लेबनान र इजरायलमा रहेका नेपालीले आफ्नो अवस्था अपडेट गर्नू : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको 

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका

व्यापारीको गुनासो : सोचे जस्तो छैन व्यापार

काठमाडौं– ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका