काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित) « Khabarhub

काबुल छाड्न धावनमार्गमै हजारौँको भीड, उडिरहेको विमानबाट खसे तीन जना (भिडियोसहित)


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ ।

धावनमार्गमा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरुको अनियन्त्रित भिड भिडियोमा देख्न सकिन्छ । केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल छन् ।

उडिरहेको बिमानबाट तीन जना खसिरहेको ‘कारुणिक दृश्य’ पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अमेरिकाको जस्तो देखिने विमानबाट उनीहरु खसको भिडियोमा देखिन्छ । उडिरहेको विमानबाट उनीहरु खसेको भिडियोमा देखिए पनि यसबारे विस्तृत विवरण आउन सकेको छैन ।

विमानबाट मानिसहरु खसेको कारुणिक दृश्य

अमेरिकाले काबुलस्थित दूतावासका कर्मचारी र उनीहरुका अफगानिस्तान सहकर्मीहरुलाई उद्धार गर्न सेना परिचालन गरेको छ । अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

काबुलका सडकहरूमा भने तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने हजाराैँको सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन् ।

६० भन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर माहिसहरूलाई अफगानिस्तान बाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

हेरौँ भिडियो

आज बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हवाइ फायर गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तालिबान लडाकूहरुले काबूलमा कब्जा जमाएपछि काबुल छाड्न विमानस्थलमा मच्चिएको भागदौडका कारुणिक दृश्य सञ्चार माध्यमहरुमा प्रसारण भइरहेको छन्।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : २९ बजे

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालको कसिलो बलिङ : ओमान ९४ रनमा अलआउट

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध

आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ– विश्व खाद्य सुरक्षा दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ

ट्राफिक कारबाहीबाट चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको