अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी  | Khabarhub Khabarhub

अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी 


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानी हेलिकोप्टर भरी पैसा भरेर राजधानी काबुलबाट भागेको दाबी गरेको छ ।

काबुलस्थित रुसी दूतावासले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले कार र हेलिकोप्टरमा पैसा भरेर निस्किएको जनाएको हो । समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले पनि घानीले पैसा नअटेपछि केही छाडेर गएको जनाएको छ ।

तालिबानले काबुल नियन्त्रणमा लिएसँगै राष्ट्रपति घानीले आइतबार साँझ नै राष्ट्रपति कार्यालय छाडेका थिए। यता घानीले भने अफगानिस्तानलाई सम्भावित रक्तपातपूर्ण अवस्थाबाट जोगाउन आफूले देश छाडेको बताएका छन् ।

आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’

घानीले देश छोडेर काजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । तर पनि घानी कहाँ छन् भन्ने अझै खुलेको छैन । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उनी उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : १९ बजे

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बैठकअघि प्रधानमन्त्री

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि