भोको पेटलाई धर्मको उपदेश दिनु पाप हो : विवेकानन्द « Khabarhub

भोको पेटलाई धर्मको उपदेश दिनु पाप हो : विवेकानन्द


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक विख्यात पत्रकार आफ्ना दुई साथीसहित स्वामी विवेकानन्दकोमा गए । तीमध्ये एक पञ्जाबका थिए । त्यस वेला पन्जाबमा अनिकाल परेको थियो । स्वामीजीले त्यस सम्बन्धमा चिन्ता व्यक्त गर्दै त्यहाँ के भइरहेको छ भनेर जान्न चाहे ।

कुराकानीपछि पञ्जाबी महोदयले भने— हामी तपाईंको उपदेश सुन्न आएका थियौँ, तर तपाईंले मामुली विषयको चर्चा गर्नुभयो । हामीले तपाईंबाट धर्मको बारेमा केही जान्न पाएनौँ ।

स्वामी विवेकानन्दले उत्तर दिए— जबसम्म मेरो देशमा एउटा सानो बच्चा पनि भोकै रहन्छ उसलाई खुवाउनु नै साँचो धर्म हो । अरु सब झूटो धर्म हो । जसको पेट खाली छ, उसलाई धर्मको उपदेश दिनु पाप हो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु