खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक | Khabarhub Khabarhub

खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ ।

विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको हो । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै काम सुरु गर्न लागिएको छ ।

खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट–२ लिम्सामा सामुदायिक खाद्य बैंक भवनको निर्माणसमेत गरिएको छ ।

भौगोलिक विकटता, यातायातको असुविधा, न्यून खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृतिक प्रकोप, सिँचाइ सुविधा अभाव आदि कारणले वर्षेनी खाद्य सङ्कट व्यहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैंकले विपन्न तथा सङ्कटासन्न परिवारलाई ठूलो राहत पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

विश्व खाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले रु ४१ लाख ९५ हजार ८६५ को लागतमा खाद्य बैंकका लागि दुईकोठे पक्की भवन निर्माण गरेको छ । उक्त भवनको एक कोठामा खाद्य भण्डारण गोदाम बनाइनेछ भने अर्को कोठामा कार्यालय सञ्चालन हुनेछ ।

गाउँपालिकाको समन्वयमा केही समयभित्रै खाद्य बैंक सञ्चालनमा ल्याइनेछ । खाद्य बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत पारित भइसकेको गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।

बाढीपहिराबाट प्रभावित एक हजार २३८ परिवारलाई प्रत्यक्ष रोजगारी दिने गरी नगदमा आधारित पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको हो । ती परिवारका सदस्यको व्यक्तिगत खातामा कार्यक्रमले रु तीन करोड १५ लाख ३८ हजार ७० भुक्तानी दिएको छ ।

नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा लघुजलविद्युत्, सिँचाइ, बाटो, विद्यालय भवन, खानेपानीलगायतका संरचना निर्माण तथा पुनःनिर्माण गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : २५ बजे

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी– कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत

मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा भदौ २३

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीचको एकता राष्ट्रिय