छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै | Khabarhub Khabarhub

छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् ।

लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।

उनले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि सुक्खा पहिरो खस्न थालेपछि आइतबारदेखि नदी आंशिकरूपमा थुनिएको बताए । पहिरो साउनको ५ गतेदेखि खस्न थालेको रुडीका स्थानीयवासी कर्म विकले बताए ।

उनले भने, “पहिरो त साउनको ५ गतेदेखि खस्न थालेको हो, पहिरो खस्न थालेपछि रोपाइँ पनि रोकियो र  पहिरोसँगै कुलो खसेपछि रोपाइँसमेत गर्न पाएनौँ, थोरै–थोरै झर्दै थियो, आजभोलि अझै धेरै सुक्खा पहिरो खस्न थालेको छ ।”

पहिरोले खानेपानीको लाइन तल झरेपछि गाउँमा खानेपानीको हाहाकार भएको विकले बताए । गाउँमाथि र तलबाटै निरन्तर पहिरो खस्न थालेको विकको भनाइ छ । निरन्तर सुक्खा पहिरो खसेपछि रुडीका १५५ परिवार पहिराको उच्च जोखिममा छन् ।

जगन्नाथ गाउँपालिकाको केन्द्र पारि स्वामीकार्तिक खापर गाउँपालिका–१ को छुद्दरी नजिकै भिर फुटेर कर्णाली नदी पूर्णरूपमा नथुनिए पनि आशिंकरूपमा थुनिदै आएको रोजगार संयोजक जोशीको भनाइ छ ।

नदी थुनिएर ताल पर्दै गएको छ, पारिपट्टिबाट निरन्तर पहिरो खस्न थालेपछि जगन्नाथ गाउँपालिका कार्यालय, प्रहरी चौकी पिलुचौरलगायतका नदी आसपासका बस्ती जोखिममा रहेको उनले बताए ।

उनका अनुसार पानी धेरै आएको छैन, तर चट्टान फुटेर पहिरो खसिरहेको छ । सुक्खा पहिराले त यति जोखिम भएको छ । लगातार पानी पर्‍यो भने झनै खतरा हुने जोशीको भनाइ छ ।

यस वर्ष सिँचाइ कुलो बगाएपछि उक्त स्थानका बासिन्दाले खेती गर्न पाएनन् । यसले गर्दा खाद्य सङ्कट हुने सम्भावना रहेको अध्यक्ष शाहीले बताए ।

तीन दिनदेखि पहिरो खसेपछि कर्णाली नदीको तटीय क्षेत्रमा रहेका स्वामीकार्तिक खापर गाउँपालिका–१, जगन्नाथ गाउँपालिका–२ र ३ नं वडालगायत नदी तटीय क्षेत्रका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : २५ बजे

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीचको एकता राष्ट्रिय

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

टिचिङ हस्पिटलमा ल्याइयो यलुङरीको हिमपहिरो ज्यान गुमाएका पर्यटकको शव 

काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका