सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी, एकजना पक्राउ « Khabarhub

सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी, एकजना पक्राउ


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट खटिएको टोलीले उनलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सिंहको साथबाट लागु औषध सय एमएलको कोडिवेल कफ सिरफ ३७१ बोतल बरामद भएको छ ।

अहिले उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : २५ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल