पदमुक्त भएपछि डा अहिराजले भने– प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन « Khabarhub

पदमुक्त भएपछि डा अहिराजले भने– प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ को प्रमुखबाट मुक्त भएका डा.राजेश अहिराजले आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।

आज आभार वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘ मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

उनले भनेका छन्, ‘प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।’

उनले जारी गरेको आभार पत्र यस्तो छ :

मिति : २०७८ भाद्र १ गते मंगलबार

आभार व्यक्त ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ ।

देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।

प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।

राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हो ।

राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।

यसैगरी, प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गर्दछु ।

अन्त्यमा, मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु ।

………………………..
डा.राजेश अहिराज

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : २२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा