अध्यादेश ल्याउने निर्णयको एमाले नेपाल पक्षका नेताहरुबाट विरोध | Khabarhub Khabarhub

अध्यादेश ल्याउने निर्णयको एमाले नेपाल पक्षका नेताहरुबाट विरोध


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् ।

संसद अधिवेशन अन्त्य गरेर सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयको  उनीहरुले त्यसको विरोध जनाएका हुन् ।

एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरुले अध्यादेशको विरोध गरेका छन् । माधव नेपाल समूहका नेता गोकर्ण बिष्ट लगायतले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ ।’

उनले अध्यादेशले राजनीतिक अस्थिरता, अन्योलता र अराजकता सिर्जना गर्ने बताएका छन् ।

‘दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’, उनले फेसबुकमा लेखेका छन् ।

यसैगरी खबरहबसँग कुरा गर्दै एमाले सांसद डाक्टर दीपकप्रकाश भट्टले अध्यादेश लोकतन्त्रलाई कम्जोर पार्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो समूह अहिले आन्तरिक छलफलमा छ, यस विषयमा सामूहिक धारणा सार्वजनिक हुन्छ ।’

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : २० बजे

इजरायली आक्रमणमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

तेहरान – इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले