माधव नेपालले भने : अहिले नयाँ पार्टी खोलौँ, ओली सुध्रिए चुनावमा सहकार्य गरौँला | Khabarhub Khabarhub

माधव नेपालले भने : अहिले नयाँ पार्टी खोलौँ, ओली सुध्रिए चुनावमा सहकार्य गरौँला


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दल विभाजनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ ।

आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब नयाँ अभ्यासमा जाने उद्घोष गरेका हुन् । उनले एजेण्डा मिल्नेहरूसँग एकताको ढोका भने सधैं खुल्ला राख्ने उल्लेख गरेका थिए ।

‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

सम्बोधनकै क्रममा उनले पार्टी विभाजनका लागि अध्यक्ष केपी ओली नै उद्दत भएको आरोप लगाए ।

‘उहाँ पार्टी विभाजनका लागि उद्दत हुनुभएको छ, उहाँले नै एकताको ढोका बन्द गर्नुभो,’ नेपालले भने ।

उनले अब आफूहरु पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने बताउँदै उनले भने, ‘आन्दोलनको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिका रुपमा बनाइने छ ।’

उनले तत्काल अरु पार्टीसँग एकताको सम्भावना नरहेको बताए ।  उनले भने, ‘अरु पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य हुनसक्छ । कारबाहीबाट हामी विचलित हुने छैनौँ ।’

केपी ओलीले आत्मालोचना गरेर, गल्ति स्वीकारेर आए एकताका लागि कहिल्यै पनि ढोका बन्द नहुने उनले बताए । अब हुने एकता ‘सही विचारमा आधारित एकता’ हुने उनको भनाइ छ ।

उनले चुनावमा सिटको तालमेल गरेर जान सकिने र चुनाव पछि पनि भेट हुने सम्भावना भने रहेको समेत बताए । हाललाई पार्टीबाट अलग भएर तत्काल अन्य दलमा आवद्ध नहुने उनको भनाइ थियो ।

उनले देशव्यापी रुपमा संगठन विस्तारका लागि सक्रिय हुन निर्देशन दिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ६ : ४९ बजे

मुख्यमन्त्री राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

जनकपुर – मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले आयोजना

पाकिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण २४ जनाको मृत्यु

पेशावर – पाकिस्तानमा यो साता मनसुन सुरु भएपछि भएको भारी

भारत र चीनले गरेको विकासबाट नेपालले लाभ लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

 काठमाडौं– कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले

आजका समाचार : सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली स्पेनतिर र ट्रम्पलाई अमेरिकी सर्वोच्चको साथ

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा पूर्वराष्ट्रपति विद्यादेवी