प्रधानमन्त्रीसँगको छलफलपछि डा. केसीले गरे पूर्वघोषित कार्यक्रम स्थगित | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँगको छलफलपछि डा. केसीले गरे पूर्वघोषित कार्यक्रम स्थगित


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा केसीले जानकारी दिए ।

सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, स्वास्थ्यराज्यमन्त्रीसँग जोडिएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई काानूनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अगाडि बढाइने भएको छ ।

प्रदेश प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज स्थापना तथा निर्माण कार्यलाई तीव्र पार्ने र चिकित्सा शिक्षा ऐनमा संशोधनलगायत बाँकी माग तथा यसअघि सरकारले केसीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको केसीको भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : २१ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता