अफगान महिलाको अधिकारप्रति पश्चिमी देशहरूको चिन्ता « Khabarhub

अफगान महिलाको अधिकारप्रति पश्चिमी देशहरूको चिन्ता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एएनआई)- अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरूको अधिकार कुण्ठित हुने चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरूले महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न पनि सरोकारवालाहरूलाई आग्रह गर्दै ध्यानाकर्षण गराएका छन् ।

“हामीलाई परिवर्तित अवस्थामा अफगानिस्तानका महिला र बालिकाहरूको अधिकार कुण्ठित होला कि भन्ने चिन्ता छ, त्यसतर्फ हामी विषेश ध्यानाकर्षण गराउन चाहन्छौँ,” संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरूले विषेश गरेर अफगानी महिलाहरूको शिक्षा, काम गर्ने स्वतन्त्रता, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकारलगायतका विषयमा आफूहरूको चिन्ता रहेको जनाएका छन् ।

वक्तव्यका अनुसार अमेरिकी, युरोपेली मुलुकसँगै अल्बानिया, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चिली, कोलम्बिया, कोस्टारिका, इक्वेडर, होन्डुरस, ग्वाटेमाला, न्यूजिल्याण्ड, नर्वे, पाराग्वे, सेनेगल, स्विट्जरल्याण्डलगायतका देशहरूले अफगान महिलाहरूको अधिकारप्रति चिन्ता व्यक्त गरेका हुन् ।

तालिबानहरूले चलाउन थालेको शासनमा महिलाहरूलाई गर्ने व्यवहार कस्तो हुनेछ, अधिकार र स्वतन्त्रताप्रतिको उनीहरूको दृष्टीकोण र व्यवहारका बारेमा आफूहरूले नजिकबाट नियालिरहेको पनि ती देशहरूले वक्तव्यमा उल्लेख गरेका छन् ।

तालिबान विद्रोहीहरूको अघिल्लो शासनकाल र युद्धकालमा उनीहरूलाई महिला अधिकार र स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएकाले चिन्ता व्यक्त गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : ५५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको