दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा « Khabarhub

दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

बिहीबार विहान ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्,’संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन।’

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण