मन्दिरमा मोटरसाइकलको पूजा गर्नुको कारण « Khabarhub

मन्दिरमा मोटरसाइकलको पूजा गर्नुको कारण


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा ३३ कोटी देवीदेवताको पूजा गरिन्छ । अन्य धर्ममा पनि धार्मीक आस्था अनुसार भगवानको पूजा प्राथना हुन्छ । यसरी गर्ने पूजा वा प्राथना गर्ने पवित्र केन्द्र मन्दिर, मस्जिद, चर्च लगायतमा गरीन्छ । त्यहाँ भगवानका प्रतिमा वा स्वरुपलाई मान्ने गरीन्छ । तर विश्वमा एउटा मन्दिर छ जहाँ देवी देवता होइन मोटरसाइल बुलेटको पूजा हुन्छ ।

भारतको राजस्थानको जोधपुरस्थित ओम बन्ना अर्थात बुलेट मन्दिरमा देवता वा देवताको वाहनको होइन मानिसको वाहन मोटरसाइलको पूजा हुन्छ । यस लोकप्रिय मन्दिरमा देवी–देवताको साटो बुलेटको पूजा हुन्छ । जोधपुर–पाली हाइवेबाट २० किलोमिटर टाढा रहेको यस मन्दिरमा बुलेटको पूजा हुदैँ आएको छ ।

सन् १९८८ मा जोधपुर पालीमा बस्ने राजस्थानमा राजपूत परिवारका युवाले बन्ना शब्द प्रयोग गरिन्थ्यो । ओम बन्ना आफ्ना बुलेट बाइक जादाँ बाटोमा जादाँ दुर्घटनाको शिकार भएका थिए । उनको दुर्घटनामा मृत्यु भयो । भनाई अनुसार दुर्घटना पछि मोटरसाइकललाई प्रहरी चौकी लगिदै थियो तर मोटरसाइकल अचानक गायब भयो । र ओम बन्नाको दुर्घटनास्थलमा नै सो मोटरसाइक भेटियो ।

यस घटना पश्चात पुनः मोटरसाइकललाई चौकी लगियो । तर फेरी पनि त्यहाबाट गायब भएको मोटरसाइकल उही दुर्घनास्थलमा नै भेटियो । स्थानीयका अनुसार यो क्रम पटक पटक दोहोरीएपछि प्रहरीले मोटरसाइकललाई सिक्रिले बाधेर राखे । तर पनि मोटरसाइकल गायब भयो र दुर्घटनास्थलमा नै भेटियो । त्यसपछि यसलाई चमात्कार मान्दै त्यहा मन्दिर बनाएर मोटरसाइकल स्थापना गरियो र यसको पूजा गर्न थालियो ।

मानिसको आस्था अनुसार ओम बन्ना उनीहरुको सवारीको रक्षा गर्दछन् । त्यतिमात्र होइन त्यहा उनको पूजा आराधना पनि हुन्छ । आरती गरीन्छ, भजन गाइन्छ । मान्यता अनुसार त्यस मन्दिरको स्थापनापछि त्यस क्षेत्रमा कहिल्यै मोटरसाइकल दुर्घटना भएको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : १८ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा