मन्त्रिपरिषद विस्तार सरेको सर्‍यै | Khabarhub Khabarhub

मन्त्रिपरिषद विस्तार सरेको सर्‍यै

कहिलेसम्ममा दर्ता होला माधव नेपालको दल !


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको समूहले निर्वाचन आयोगमा दिएको निवेदनअनुसार दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

त्यसो भए मन्त्रिपरिषद विस्तार कहिलेसम्ममा होला ?

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले गरेको व्यवस्थाअनुसार निवेदन दिएपछि दल दर्ता हुन बढीमा ४५ दिन लाग्न सक्छ । निर्वाचन आयोगले सबै जाँचबुझ गरेर ऐनको दफा ५ को उपदफा ४ को व्यवस्था अनुसार निवेदन परेको ४५ दिनभित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्छ । दल दर्ता हुन नसक्ने रहेछ भने निवेदन परेको १५ दिनभित्र कारण खुलाएर निवेदकलाई जानकारी दिनुपर्छ । यसपछि निवेदकले सुधारसहितको विवरण बुझाउनुपर्छ ।

यसरी हेर्दा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेशअनुसार बढीमा ४५ दिनमा दल दर्ताको प्रमाणपत्र प्राप्त हुनेछ । निर्वाचन आयोगले फटाफट काम गर्दा पनि सबै प्रक्रिया पु¥याएरमात्रै दल दर्ता गर्नुपर्छ ।

ऐनको दफा ६ को उपदफा १ मा दल दर्ता हुन नसक्ने सात वटा आधारहरू उल्लेख गरिएका छन् । यसमा धरै आधारहरू संविधानका प्रावधानसँग सम्बन्धित छन् । आयोगले दल दर्ताका लागि आवश्यक सबै तथ्यहरू बुझ्ने व्यवस्था ऐनमा छ ।

दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा नयाँ दल दर्ता हुँदैन । यही प्रावधानअनुसार नेकपा एमालेका केही नेताहरूले ‘नेकपा एमाले (समाजवादी)’ नाममा अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् ।

राजनीतिक दलसम्बन्धी नियमावली को नियम ९ को उपनियम १ मा ‘ऐन तथा यस नियमावली बमोजिम दल दर्ता गर्दा एउटै नामबाट एकभन्दा बढी दल दर्ता हुने छैन’ भनिएको छ ।

उपनियम २ मा ‘दल दर्ताको लागि निवेदन दिने दुई वा सोभन्दा बढी दलको नाम एउटै देखिन आएमा आयोगले सम्बन्धित दलसँग परामर्श गरी सम्भव भएसम्म त्यस्ता दलहरूको सहमति बमोजिम छुट्टाछुट्टै पहिचान हुनेगरी दर्ता गर्नेछ’ भनिएको छ ।

यसरी ‘परामर्श गर्दा सम्बन्धित दलहरूबीच सहमति नभएमा आयोगले त्यस्ता दलहरूको छुट्टाछुट्टै रूपमा पहिचान हुने गरी दल दर्ता गर्ने’ व्यवस्था छ ।

ऐन र नियमावलीमा कतिसम्म मिलेकोलाई नाम मिलेको मान्ने भन्ने प्रष्ट छैन ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका केही दलको नाम मिल्दोजुल्दो रहेको छ । सबैभन्दा बढी ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम मिलेको छ ।

यही नाममा कोष्ठकभित्र माले, एकीकृत माक्र्सवादी लेनिनवादी, माओवादी केन्द्र, एकीकृत, लोकतान्त्रिक जस्ता उपनाम जोडिएका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी’ मात्रै नाम रहेको दल पनि छ । यही दलसँग नाम मिलेको भन्ने फैसलाका आधारमा तत्कालीन सत्तारूढ दल ‘नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)’ नाम बदर भएको थियो । परिणामस्वरूप दुई तिहाई बहुमत नजिकको सत्तारूढ दल विभाजन भई पूर्ववत दुई दलमा पुगेको थियो ।

नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) दुई दल दर्ता छन् । ग्रीन पार्टी नेपाल र नेपाली ग्रीन्स पार्टी दर्ता छन् ।

यसरी हेर्दा एमाले नेताहरूले जिकिर गरेझैँ नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) दर्ता हुँदैन भन्ने आधार देखिँदैन । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहले यही नाममा ‘लोकतान्त्रिक’ जोडेर नयाँ दल दर्ताको निवेदन दिएको छ ।

अध्यादेश जारी भएकै दिन दल दर्ताको निवेदन परेको भए पनि लगत्तै भोलिपल्टै उक्त अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका छन् । निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी भएमा निर्वाचन आयोगले काम रोक्नेछ । दल दर्ता भए पनि आध्यादेश बमोजिम भएको काम वैध हुनेछैन ।

यस अवस्था प्रचण्डले भनेअनुसार नै हो भने मन्त्रिपरिषद विस्तार पनि रोकिने छ । नयाँ दल दर्ता हुन जति बढी समय लाग्छ यति नै मन्त्रिपरिषद विस्तार पनि धकेलिँदै जानेछ । वर्तमान सरका गठन भएको पैँतीस दिन भएको छ तर कुल २२ वटा मन्त्रालय रहेकोमा प्रधानमन्त्री एक्लैको जिम्मेवारीमा १७ वटा छन् ।

प्रधानमन्त्री आफ्नो जिम्मेवारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषदमा पाँच जना छन् । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा आलोचित छन्, उनको कार्यक्षमतामा प्रश्न उठ्न थालेको छ ।

उता नेकपा एमालेले १४ जना सांसदलाई निष्कशन गर्न लेखेको पत्रअनुसार कारबाही अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ५ : २२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन