गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो « Khabarhub

गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ ।

प्रदेशमा वैशाखदेखि भदौ ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ हजार २२१ पुगेको छ ।

वैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ४ सय ६२ रहेकोमा हाल त्यो सङ्ख्या बढेर ५ हजार ८८३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकीमा ७१ जना सङ्क्रमित आइसियुमा रहेका छन् भने ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

अस्पतालमा उपचारका लागि लगिएकाहरू मध्ये आइसीयुभन्दा बढी हाई फलो श्यामा उपचाररत धेरै रहेका छन् । हाल प्रदेशमा हाई फलो श्यामा १ सय ७३ जनाले उपचार गराइ रहेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ४७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि