सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर « Khabarhub

सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर बनेका छन् ।

हाम्रो पात्रोले बुधबारदेखि लागु हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।

‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौँ ।’

त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले “हाम्रो पात्रो” आम नेपालकीको जनजीवन सहज बनाउनेएप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए ।

“मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो,” उनले भने, “मैले आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्नेकुरा थाहा पाएको थिएँ। त्यसपछि सँगै केही गरौं भनेर यो सहकार्य शुरु गरेका हौं ।”

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटाभर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्णरुपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।

त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने “हिसाब किताब”, परिकार बनाउन सिकाउने “हाम्रो भान्सा” र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने “हाम्रो अक्षर” जस्ता सुविधाहरू थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए ।

सन् २०१० मा शुरु भएको हाम्रो पात्रो अन्तर्गतर्ग “हाम्रो किबोर्ड”, “ र्ड हाम्रो डिक्सनरी”, “हाम्रो लुडो ”, “कलब्रेक एन्ड जुटपत्ती”, “हाम्रो म्यागेजिन” लगायतका एप समेत सञ्चालनमा छन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ०० बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ