साक्षी बसेकै भरमा गाउँपालिका अध्यक्षलाई छ महिना कैद ! « Khabarhub

साक्षी बसेकै भरमा गाउँपालिका अध्यक्षलाई छ महिना कैद !

अदालतको पत्र : एक दिन पक्राउ गर्नु, अर्को दिन नगर्नु



पोखरा– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई ६ महिना कैद गर्न पक्राउ गरी ल्याउनु भनी कास्की जिल्ला अदालत पोखराले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गर्यो ।

कास्की जिल्ला अदालतबाट २०७७ चैत २७ गते आदेश भएको भन्दै गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गरी कास्की अदालतको तहशील शाखामा दाखिला गर्न साउन ३१ गते पर्वत प्रहरीलाई पत्राचार गरिएको थियो । लेनदेन मुद्दामा मल्ललाई ६ महिना कैद सजाय तोकिएको थियो ।

आदेश जिल्ला प्रहरी कार्यालय कास्कीलाईसमेत बोधार्थ लेखिएको पत्र बुधबार जिल्ला प्रहरी कार्यालय पर्वत आइपुग्यो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली गाउँपालिका अध्यक्ष मल्लको खोजीमा लाग्यो । तर, प्रहरीले मल्ललाई नभेट्दै मल्ललाई पक्राउ नगर्नु भनी अर्को पत्र आयो ।

दश वर्षअघि २०६८ सालमा बागलुङका राजेश बोहराले फोर्स कम्पनीको मिनीबस खरिद गरी पैसा नतिरेपछि ध्रुवबहादुर थापाले अदालतमा मुद्दा हालेका थिए । सोही लेनदेन मुद्दामा साक्षी बसेकै कारण मल्ल पनि मुछिए ।

लेनदेन मुद्दामा यामबहादुर मल्ल जमानी बसेको पैसा नतिरेकै कारण पक्राउ गरी कास्की कारागार पठाउनु भनी भन्ने ब्यहोरोका पत्र प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बिहीबार नै उक्त रकम भुक्तानी भएको भन्दै अदालतबाट बिहीबार अर्को पत्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले खबरहबलाई बताए ।

नबिल बैंकबाट फाइनान्स गरी बस खरिद गरेका बोहराले उक्त रकम नतिरेकोले मल्लले १५ लाख रुपैयाँ तिरिदिएको बताए । यद्यपि आफूविरुद्ध मुद्दा परेको समेत आफूलाई थाहा नभएको मल्लको भनाइ छ ।

निर्माण ब्यवसायीसमेत रहेका गाउँपालिका अध्यक्ष मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । उनी कांग्रेसको आगामी महाधिवेशनमा सभापतिका दाबेदार छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : ५२ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा