शिक्षक र प्रहरीबीच झडप हुँदा १२ घाइते | Khabarhub Khabarhub

शिक्षक र प्रहरीबीच झडप हुँदा १२ घाइते


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ ।

नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना शुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको अरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : ५५ बजे

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

भद्रपुर– झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक

काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम 

काठमाडौं– काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट 

काठमाडौं– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-२०८३ को लागि बजेट ल्याएको

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा