विद्यार्थी एकता दिवसमा घन्कियो अनेरास्ववियु र क्रान्तिकारीबीच एकताको नारा « Khabarhub

विद्यार्थी एकता दिवसमा घन्कियो अनेरास्ववियु र क्रान्तिकारीबीच एकताको नारा


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।

५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा विद्यार्थी नेताहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नविना लामाले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गरिन् ।

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो ।

२०२१ जेठ १ गते विद्यार्थीहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ३८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका