नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ « Khabarhub

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका-१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका-६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

विद्युत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव-स्टेशन परिसरमा ४ सय केभी नेपाल-भारत विद्युत व्यापार आयोजनाको स्टोर गरी राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट परियारले होक्सो व्लेडले तार काटि रहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको भनी खुल्नआएपछि उक्त पसल तलासी गर्दा ३ लाख रुपैयाँ मुल्य बराबरको अन्दाजी २ सय ८६ केजी नाङगो तामाको तार फेला पारी ताम्राकार समेतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : २५ बजे

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा